लक्ष्मी भाटलाई न्याय दिइयोस् भन्दै जिल्ला प्रशासन कार्यालय डोटीलाई ज्ञापन पत्र

डोटी : जिउदै जलाइएकी डोटीको आदर्श गाउँपालिका ४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय डोटीलाई ज्ञापन पत्र बुझाईएको छ । मंगलवार जिल्लामा क्रियाशिल अखिल नेपाल महिला संघ (क्रान्तिकारी) डोटी, अखिल महिला संघ डोटी र अनेमसंघ (क्रान्तिकारी) डोटीले जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

सुतिरहेको बेला ज्यान मार्ने मनासायले आगो लगाएर फरार भएका लक्ष्मिका श्रिमान सन्तोष भाटलाई छिटो भन्दा छिटो खोजि गरि कार्वाही गरिनु पर्ने माग गरिएको छ । यस घटनाले महिलाको सुरक्षामा थप चुनौति देखिएको हुँदा आगामी दिनमा यस्ता घटना घट्न नदिनको लागि पनि अपराधिलाई कडा कार्वाही हुनुपर्ने ज्ञापन पत्रमा भनिएको छ ।

Sayalb

“ राति सुतिरहेको कोठामा प्रज्लनशील पदार्थ खन्याई आगो लगाई ज्यान मार्ने मनसायले लक्ष्मिी भाट र उनकी छोरी माथि भएको घटना प्रति हाम्रो ध्यानाकर्षण भएको छ, ज्ञापन पत्रमा भनिएको छ, यस्तो प्रकारको पाशविक, हिंस्रक, जघन्य घटना प्रति घोर भ्रत्र्सना गर्दछौँ ।”

जेठ १२ गते राति १२ बजे आफ्नै पसलमा सुतिरहेको बेला भाटलाई प्रज्वलनशिल पदार्थ छर्केर आगो लगाईएको थियो । घटनामा परि लक्ष्मि भाट संगै उनकी दुई वर्षिय छोरी पनि घाईते भएकी थिईन । हाल उनको किर्तिपुर अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

 

Shaileshwori
Bolpatra
Loading...