डोटीमा थप दुइ जना कोरना संक्रमीतको मृत्यु

तेजु ओली
डोटीका थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका–२ मूलिचौरका ५९ वर्षीय पुरुषको घरमै बिहिबार मृत्यु भएको हो । तर उनको मृत्यु भएपछि गरिएको एन्टिजेन परिक्षण शुक्रबार कोरोना देखिएको जिल्ला अस्पताल डोटीले जानकारी दिएको छ । ति पुरुषको कोरोना रिपोर्ट आउनु भन्दा पहिले नै आफन्तले दाहासस्कार गरिसकेका थिए ।

Sayalb

त्यस्तै केआई सिंह गाउँपालिका–२ सेलपाखाका ४० बर्षका पुरुषको मृत्यु भएको छ । उनको जेठ १२ गते पि सि आर पोजेटिभ आएको थियो । केहि दिन पहिला जिल्ला अस्पताल डोटीले निको भएको भनि डिस्चार्ज गरेको थियो । सुगरको बिरामी भएकाले फेरी थप उपचारका लागि डडेलधुरा लगेको उतै मृत्यु भएको जनाइएको छ ।

Shaileshwori
Loading...