एमटीएस नेपालद्वारा शिखरको एक विपन्न परिवारलाइ खाद्यान्न सहयोग

डोटीको शिखर नगरपालिका–१ कपल्लेकिको एक विपन्न परिवारलाई मिशन टु सपोर्ट (एमटीएस) ले पाँच हजार बराबरको खाद्यान्न सामाग्री राहत सहयोग गरेको छ । निषेधाज्ञाका बेला शिखर नगरपालिकाकी शर्मा नागरी दैनिक गरिखाने पेशा बन्द भएपछि परिवारका छोराछोरी /नातिनातिनिको पालन पोषण तथा साँझ बिहान छाक टार्न छाक टार्न समेत समस्या भएको खबर पछि मंगलवार राहत उपलब्ध गराईएको हो । आर्थिक अवस्था कमजोर भएकी नागरी बुहारीको कोरोनाको कारण मृत्युु भएपछि समस्यामा पर्नुभयोे, त्यसै माथि टोल सिल गर्दा झन समस्या थपियोे ।

Sayalb

एमटीएसले राहात स्वरुप ५० किलो चामल, पाँच किलो नुन, पाँच किलो दाल, पाँच लिटर तेल, छ/छ ओटा नुहाउने र कपडा धुने साबुन, सेनिटाईजर तथा माक्स लगाएतका सामग्री शर्मा नागरिका छोरा सागर नागरीलाई हस्तान्तरण गरेको एमटीएस डोटीका जिल्ला संयोजक डबल बमले जानकारी दिनुभएको छ । साथै सामाग्री हस्तान्तरणमा एमटीएसका सदस्य लक्ष्मि देउवा र भिम कुँवरको उपस्थिति रहेको थियोे । साथै शर्मा कि बुहारिकोको कोरोनाका उपचारमा लागेको रकम हस्पिटलमा तिर्नु पर्ने भएकाले उहाँले सहयोगका लागि अपिल पनि गरिएको छ ।

Shaileshwori
Loading...