जिल्ला अस्पताल डोटीलाई सात लाख ५० हजार बराबरको २५ शैया उपलब्ध

तेजु ओली/डोटी
निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल डोटीका लागि सात लाख ५० हजार बराबरको २५ श्यया उपलब्ध गराइएको छ । जिल्लामा श्यया अभाव भएको खबर आएपछि नेकपा (एमाले) का नेता आलेको पहलमा उक्त श्यया उपलब्ध गराइएको हो ।
स्वर्गिय मोहन गोपाल खेतानको सम्झनामा स्थापित परोपकारी संस्था अवसर पाउण्डेसन र गोरखा ब्रुअरी प्रालिले उक्त श्यया उपलब्ध गराएको जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐरले बताउनुभयो । उपलब्ध भएका श्ययाहरु सोमवार एक कार्यक्रमका बीच जिल्ला अस्पताल डोटीका सुपरिटेन्डेन्ट कृष्ण जोशीलाइ हस्तान्तरण गरिएको हो ।


आलेले यस अघि पनि आफ्नै लगानीमा जिल्ला अस्पतालमा भरिएका अक्सिजन सिलिन्डर, मास्क, स्यानिटाइजर तथा औषधि वितरण गरेका थिए । जिल्लामा अस्पतालमा २५ श्यया थप आएपछि यहाँका नागरिकमा खुशीयाली छाएको भुमि सम्बन्धि समस्या समाधान आयोग डोटीका अध्यक्ष गणेश बिष्टले बताउनुभयो ।
तत्कालका लागि स्वास्थ्य सामाग्री प्रयाप्त मात्रामा पुगेको बताउदै यस बेडले बिरामीको उपचार गर्न सहज हुने जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल सुपरिटेन्डेन्ट कृष्णराज जोशीले बताए ।
