मिशन टु सपोर्ट र आशिका तामाङ फाउन्डेसन द्धारा सिन्धुपाल्चोक हेलम्बुका बाढिपिडितलाई सहयोग

डबल बम डोटी- मिशन टु सपोर्ट र आशिका तामाङ फाउन्डेसनले संयुक्तरुपमा सिन्धुपाल्चोकको हेलम्बुमा रहेका बाढिपिडित हरुलाइ त्रीपाल ,हाते सोलार तथा खाध्यान्नका सामाग्री बितरण गरेका छन।
सिन्धुपाल्चोक को हेल्मबुमा केही दिन अगाडि परेको लामो बर्षाको कारणले त्यहाँका थुप्रै मानिसरुलाई घरवारविहीन बनाएको थियो । ती मानिसहरुलाई खान बस्न निकै धौ परेको खबर एम् टी एस टिमले जानकारि पाएपछि आज एम् टी एस टीम र आशिका तामाङ फाउन्डेसन को संयुक्त सहकार्यमा ५० पिस हाते सोलार, ३५ बोरा चामल , २५ पिस त्रिपाल लगाएतका खाध्यान्नका अन्य सामाग्री बितरण गरेको हो ।
जहाँ लाग्छ नेपालिलाई चोट त्यहाँ पुग्छ मिसन टु सपोर्ट झझभन्ने मुल नाराका साथ स्थापना गरिएको यश एमटी एस् टिमले केही सात अगाडि डोटीको एक बिपन्न परिवारलाई पनि राहत बितरण गरेको थियो । यस्ता अन्य थुप्रै बिपत्ति मा परेका देशका विभिन्न ठाउँमा यश अघिनै राहत बितरण गरिसकेको छ।


अगामी दिनहरुमा पनि बिपन्न तथा गरिब बर्गहरुलाइ लक्षित गरि खान,बस्न , स्वास्थ्य उपचार गर्न नसकेर अल्पायुमै ज्यान गुमाउने पर्ने स्थितिमा पुगेका मानिस तथा दैनिक ज्यालादारी गरिखाने लगायतका पिडित बर्गका लागि सदैब अग्र पंक्तिमा उभिने एम् टी एस टीमले जानकारी दिएको छ ।
साथै देशभर बाढी पहिरोबाट अनगिन्ति धनजनको क्षति भएको र अझै यस्ता जोखिमहरु हुनसक्ने भएकाले यस्ता जोखिमबाट बच्न सावधानी अपनाउनुको साथै बाढी आउनेछ भन्ने समाचार पाउना साथ त्यस्ता जोखिम क्षेत्रबाट कतै स्थानान्तरण हुन र पुर्ब तयारी अवस्थामा बस्नुका साथै यस्ता घटना जहाँ घटेपनि यस एम् टी एस टीमको फेसबुक गुरुपमा जानकारी गराईदिन सम्पुर्णमा अपिल गरेको छ ।
जहाँ लाग्छ नेपालिलाई चोट त्यहाँ पुग्छ मिसन टु सपोर्ट भन्ने मुल नाराका साथ स्थापना गरिएको एमटी एस् ले केही सात अगाडि डोटीको एक बिपन्न परिवारलाई राहत बितरण गरेको थियो ।
