जनमोर्चा निकट अखिल नेपाल युवक संघ डोटीद्धारा प्रधानमन्त्रीलाई ६ बुँदे ज्ञापन

डोटी : अखिल नेपाल युवक संघ डोटीले विभिन्न ६ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाएको छ । शुक्रवार राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ डोटीले डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको हो ।

केपी ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्यमान्यता विपरित, असंवैधानिक ढङ्गबाट संसद विघटन गरी स्वेच्छाचारी शासन चलाउने प्रतिगामी कदम सच्च्याउन संघले माग गरेको छ । कोरोना महामारीबाट आक्रान्त नागरिकहरूको सहुलियतपूर्ण उपचार, उपचार सामग्रीहरूको उपलब्धता, सबै नागरिकलाई कोभिड विरुद्धको खोपको व्यवस्था, महामारीबाट प्रभावितहरूलाई उचित राहतको व्यवस्था गर्न, प्रकोपका कारणले जोखिमयुक्त घर–बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, विकासका संरचना बनाउनु पूर्व राम्रो अध्ययन गर्न, प्राकृतिक प्रकृतिका कारण आगामी दिनमा हुन सक्ने दुर्घटना रोक्न दीर्घकालीन योजना बनाउन माग गरिएको छ ।

Sayalb

त्यस्तै चुरे दोहन र ढुङ्गा, गिट्टी, बालुवाको निकासी गर्नेे निर्णय सच्याई प्राकृतिक स्रोत र साधनको संरक्षण गर्न, उत्पादनमूलक र व्यवहारिक शिक्षा पद्धतिको विकास गर्ने र युवा रोजगारीको ग्यारेन्टी गर्न, कोभिडको कारण अलपत्र परेका श्रमिकहरूको उद्धार गर्न पनि ज्ञापनपत्रमा भनिएको छ ।

ज्ञापन पत्रमा अखिल नेपाल युवक संघ जिल्ला समिति डोटीका संयोजक सागर भट्ट, राष्ट्रिय जनमोर्चा सुदुरपश्चिम प्रदेश कोषाध्यक्ष तथा डोटी जिल्ला सचिव केशवनाथ योगी, अखिल नेपाल युवक संघ जिल्ला समिति डोटीका उपाध्यक्ष शिवराज भट्ट, अखिल नेपाल युवक संघ जिल्ला समिति डोटिका हेम विक्रम चन्द, अखिल नेपाल जनजाति सम्मेलनका प्रतिनिधि नरेश आले, अखिल नेपाल युवक संघ जिल्ला समिति डोटीका नरेन्द्र बलायरको हस्ताक्षर रहेको छ ।

 

Shaileshwori
Bolpatra
Loading...