डोटीमा खोलाले बगाउँदा ५ वर्षिया बालिका बेपत्ता

डोटी : खोलाले बगाउँदा पाँच वर्षीय बालिका बेपत्ता भएकी छिन् । शनिवार दिउँसो गोठाला गएको बेला जिल्लाको पुर्विचौकी गाउँपालिका–४ स्थित गण्डीगाडले बगाउँदा पुर्विचौकी गाउँपालिका–४ का भिम मिजारी छोरी मिनु मिजार बेपत्ता भएकी हुन् ।

बालिका बगेर बेपत्ता भएको खबर आउना साथ जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरिक्षक नारायण दत्त बडुको कमाण्डमा ४ जनाको प्रहरी टोली घटना स्थलतिर गएको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर मल्लले बताए । स्थानिय र प्रहरी टोलिद्धारा बालिकाको खोजिकार्य जारी राखिएको प्रहरीले बताएको छ ।
