यात्रुहरुको आवागमनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय डोटीले छड्के अनुगमन गर्ने

डोटी : यात्रुहरुको आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय डोटीले छड्के अनुगमन गर्ने भएको छ । सवारी साधनले मनपरि भाडा असुल्ने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने, सवारीसाधनको हकमा जिल्लामा जारि जोरबिजोर नियमको पालना नगर्ने लगायतका गुनासो बढेपछि सोमवार प्रमुख जिल्ला अधिकारी सुनिल खनालको अध्यक्षतामा बसेको वैठकले उक्त निर्णय गरेको हो ।

डोटीबाट छुट्ने सवारीसाधनले अनवार्य यात्रुलाई टिकट उपलब्ध गराउनु पर्ने, डोटीबाट छुट्ने सवारीसाधनको समयतालिका यकिन गरी त्यसको ट्राफिक प्रहरी र नेपाल प्रहरीले चेकजाँच गर्ने लगायतका निर्णय गरिएको सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

Sayalb

नियमको उलंघन गरेमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गरिने सुचना अधिकारी जोशीले बताउनुभयो । साथै सुरक्षाकर्मीले चेकजाँचमा लापरबाही गरेको छड्के अनुगमन टोलिले फेला पारेमा कार्वाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरिने पनि बताइएको छ ।

Shaileshwori
Loading...