भुमि सम्बन्धि लगत संकलकहरुलाइ एक दिने तालिम

तेजु ओली /डोटी

डोटी जिल्लाका ९ वटै स्थानिय तहका भुमि सम्बन्धि लगत संकलन कर्तालाइ एक दिने तालिम दिइएको छ । सबै स्थानिय तहमा के कति कस्तो अबस्थामा भुमि बिहिन वा भुमि नभएका नागरिक रहेका छन, उनिहरुको यथार्थ विवरणका लागी सबै स्थानिय तहका संकलक कर्ताको तालिममा सहभागीता रहेको थियो ।

आइतबार जिल्ला सदरमुकाम सिलगढीमा भएको तालिममा भुमि सम्बन्धि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष गणेश बिष्ट अध्यक्ष र जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐर प्रमुख आतिथि रहनुभएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, भुमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रिय सदस्य लगायतको सहभागिता रहेको थियो ।

Sayalb

तालिमले सहभागितालाइ बसोवास गरेका वास्तविक भूमिहीन परिवारलाई योजनावद्द ढंगले स्थान्तरण गर्ने गरि काम गर्न सहयोग होस भनेर तालिम दिइएको अध्यक्ष बिष्टले बताउनुभयो। गठन आदेशमा जग्गा बाँडफाँटमा जिल्ला समन्वय समिति र स्थानीय तहलाई समेत सीमित अधिकार दिइएको छ । हरेक स्थानीय तहले आयोग र जिल्ला समितिसितको समन्वयमा आफ्नो पालिकाभित्रका सुकुम्बासीलाइ सरकारको डाटामा ल्याउन लगत संकलनको महत्वपूर्ण भूमिका रहने समन्वय समिति प्रमुख राम बहादुर ऐरले बताउनुभयो ।

Shaileshwori
Loading...