डोटीमा भिरबाट खस्दा एक महिला घाइते

डोटीमा एक महिला भिरबाट लडेर घाईते भएकी छिन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका-०७ पाकरीकी ४५ वर्षिया भागा बिष्ट भिरबाट लड्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सुचना अधिकारी रबिन्द्र चन्दका अनुसार बिष्ट गोठालो गएका बेला आईतवार दिउँसो भिरबाट लड्दा करिब २०/२५ फिट तल खेसेकी थिईन । अहिले बिष्टको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको छ । उनको टाउको, छाति,खुट्टा र कम्मरमा चोट लागेको छ ।
