महिलालाई उद्यमशिलता संग जोड्नु प्रदेशको मुख्य एजेण्डा हो : सामाजिक बिकास मन्त्री खड्का

गणेश मौनी/डोटी
सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री लाल बहादुर खड्काले महिलाहरुलाई उद्यमशिलता संग जोड्नु प्रदेश सरकारको पनि मुख्य एजेण्डा रहेको बताएका छन् ।
मानव अधिकारको लागी महिला एकल महिला समूह डोटीले दिपायलमा आयोजना गरेको तिन दिने स्थानीय तहका महिला जनप्रतिनिधिको क्षमता अभिबृद्धि सम्बन्धि तालिममको उद्घाटन गर्दे मन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले पछील्लो समयमा जनप्रतिनिधी महिलाहरुलाई केहीगर्न नसकेर राजनितिमा लागेका हुन भन्ने आरोप लाग्ने गरेको छ त्यसैले पनि सबै महिलाहरु उद्यमशिलता संग जोडीएर आर्थिक रुपका साथै नेतृत्वको हिसाबले पनि अघाडी आउनु पर्छ त्यसमा प्रदेश सरकारको पनि विशेष कार्यक्रम रहेको बताए ।
मन्त्री खड्काले प्रदेश सरकारले महिलाहरुलाई उद्यमशिलता संग जोड्न सहकारी मार्फत बिना धितोमा ५ लाख देखी ५० लाख सम्म ऋण र बिभिन्न क्षेत्र विशेष गरि पशुपालन, कृर्षिमा अनुदानका कार्यक्रमहरु संचालन गरिरहेको बताए ।
पछील्लो समय मुलुकभर कोरोना भाईरसको जोखिम बढीरहेको समयमा सुदुरपश्चिम प्रदेश सरकारले पनि पुर्ब तयारी तिब्र रुपमा अघाडी बढाईरहेको बताए ।

मानव अधिकारको लागी महिला एकल महिला समूह डोटीले जिल्लामा संचालन गरेको कार्यक्रमले एकल महिलाहरुलाई राहात पुगेको दिपायल सिलगढी नगरपालिकाकी नगर प्रमुख मंजु मलासीले बताईन् । उनले भनिन स्थानीय सरकारलेत गरिरहेको छ तर पनि संस्थाको सहयोगले जनप्रतिनिधी र एकल महिलाहरुको क्षमता बिकासमा समेत थप बल पुगेको बताईन् ।
जनप्रतिनिधी महिलाहरुलाई सामाजिक क्षेत्रमा काम गर्न सहज हुन्का साथै उद्यमशिलता संग जोडीउन भन्ने हेतुले तालिमको आयोजना गरेको सिमान्तकृत महिलाहरुको आवाज तथा सहभागिता परियोजकी कार्यक्रम अधिकृत लक्ष्मी देउवा बमले बताईन् । उनले संस्थाले डोटीको दुई वटा स्थानीय तहका जनप्रतिनिधी र एकल महिला संग विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको समेत बताईन् ।
तिन दिन सम्म संचालन हुने तालिममा दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिकाका जनप्रतिनिधी महिलाहरुको सहभागिता रहेको छ ।
