डोटीमा दसैँ नजिकिएसँगै चेकजाँचमा कडाइ गर्दै प्रहरी

असोज ४ डाेटी

दसैँ तथा पर्वहरू नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय डाेटीले चेकजाँचमा कडाइ गरेको छ । जिल्लाका विभिन्न स्थानमा सार्वजनिक सवारी साधनहरूमा यात्रुहरूलाई ठगी गर्ने , तोकिएको भाडा दर भन्दा बढी भाडा असुल्ने, अवैध सरसामान ओसारपसार गर्ने लगायतका कार्य नियन्त्रण गर्नका लागी कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर तथा सहायक प्रवक्ता रबेन्द्र चन्दले जानकारी दिनु भएको छ ।
त्यस्ता कार्यक्रमहरूमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय डोटीले राजमार्गको विभिन्न स्थानमा अनुगमन तथा चेकजाँच कार्य सुचारु गरेको छ । यात्रुहरूलाई कुनै समस्या परेमा वा कोही कसैबाट ठगिएमा जिल्ला प्रहरी कार्यालय डोटीको निःशुल्क फोन नं १०० वा ०९४–४२०२०५ मा सम्पर्क गर्नुहुन समेत सबैमा अनुरोध गरेको छ ।
