चीनमा पानी जहाज दुर्घटना हुँदा १२ को मृत्यु 

चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन जना हराईरहेका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

bhukampa

अत्यधिक भारीका कारण पानी जहाज पल्टिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएका बेला जहाजमा ४० यात्रु थिए ।

घटनापछि अरुलाई उद्धार गरिएको थियो भने हराइरहेकाहरुको अहिले पनि खोजी भइरहेको जनाइएको छ । खोजीका लागि ५० भन्दा बढी उद्धार जहाज, २१४ जना उद्धारकर्तालगायत परिचालन गरिएको छ ।

Shaileshwori
Loading...