डोटीमा भिरबाट खसेर एक महिलाको ज्यान गयो

डोटी : डोटीमा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । आईतवार जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ३ अैलीकी ४० वार्षीया भागा देवि पाठकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

गाउँ नजिकैको चर्कट खोलामा घाँस काट्न गएकी पाठकको घटनास्थलमै मृत्यु भएको उनका जेठाजु काशिराम पाठकले बताए ।
