डोटीमा मृत्यु हुनेको संख्या १६ पुग्यो


डोटी जिल्लामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । डोटीको जोरायल गाउँपालिकाका घाईते १५ बर्षिय बालक पुस्कर कामीको उपचारका क्रममा मृत्यु भएको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले जानकारी दिनु भएको छ । कामीको मृत्यु भएसंगै डोटीमा मर्नेको संख्या १६ पुगेको हो ।
