डोटीमा औषधीको अभाव 

डोटी जिल्लामा औषधीको अभाव देखिएको छ । बाढी पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको राजमार्ग अवरुद्ध भएसङै डोटी लगायतका पहाडी जिल्लामा औषधीको अभाव भएको छ ।
डोटी जिल्लामा आवश्यक पर्ने धेरै औषधीहरू सकिएको जिल्ला अस्पताल डोटीका डाक्टर प्रकाश ठकुल्लाले बताए । डाक्टर ठकुल्लाले भने ‘हाम्रो अस्पतालको फार्मेसिमा पनि धेरै औषधी सकिएको छ, निजी मेडिकलमा पनि छैन भन्ने आएको छ, अबको एक/दुई दिनै औषधीको ठुलो अभाव हुनेछ ।’
Sayalb
जिल्ला अस्पतालमा मात्रै छैन जिल्लाका निजी अस्पतालको अवस्था पनि उस्तै रहेको छ । ५० शय्याको सुजङ्ग अस्पताल राजपुरमा पनि दुई दिनका लागी मात्रै औषधी रहेको सुजङ्ग अस्पतालका निर्देशक अर्जुन बलायरले बताए । बलायरले भने ‘ बाढी पहिरोका कारण बिरामीको न्यून भएका कारण हामीसँग एक/दुई दिनका लागी औषधी छ, बिरामीको चाप बढ्यो भने औषधीको अभाव हुँदै छ ।’
जिल्लामा अस्पताल मात्र नभई गाउँपालिकाहरूमा पनि औषधी अभाव रहेको पाइएको छ । गाउँपालिकामा सामान्य प्रकारका पनि औषधीको अभाव हुन पुगेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । उनले भने ‘हाम्रो औषधी सकिने क्रममै थियो, अहिले बाहिरबाट औषधी आयात गर्न सक्ने अवस्था पनि रहेन औषधीको अभाव भएको छ ।’  बाढी पहिरोपछि  पानीमा प्रदूषित भएपछि फैलन सक्ने रोगहरू नियन्त्रण तथा दिर्घरोगीले प्रयोग गर्दै आएका औषधीको मूख्यरुपमा अभाव देखिएको छ  ।
Shaileshwori
Loading...