दिपावलीको अवसर पारि दिपायल सिलगढीले बजार अनुगमन गर्यो

डोटी : दिपायल सिलगढी नगरपालिकाले हिन्दुहरुको दोस्रो ठुलो महान चार्ड दिपावलीको अवसर पारेर बजार अनुगमन गरेको छ । व्यवसायिहरुले म्याद गुर्जिएको, खाद्य सामग्री तथा औषधीहरुमा कालोबजारी गर्न सक्ने सम्भावनालाई मध्येनजर गर्दै बजार अनुगमन गरिएको हो । नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश चन्द्र जोशीको संयोजकत्वमा गएको एक टोलीले मंगलवार जिल्ला सदरमुकाम समेत रहेको सिलगढी बजारको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा इश्वरी पोली क्लिक, थापा क्लिक र ओली प्याथोलोजीलाई सामान्य कार्वाही स्वरुप सम्झाई बुझाई गरिएको अनुगमन संयोजक जोशीले बताए । उनिहरुले केही मापदण्ड पुरा नगरेको पाईएकाले अर्को पटक सम्म सबै मापदण्ड पुरा गरिसक्न भनिएको उनले बताए ।


यस्तै अन्य केही पसलहरुमा पनि केही सामान्य मापदण्ड पुरा नगरेको पाईएकाले ३ दिन भित्र मापदण्ड पुरा गर्न सुझाव दिईएको छ ।

अनुगमन कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत जोशी, महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बू, जिल्ला प्रहरी कार्याल डोटीका प्रहरी निरिक्षक रबिन्द्र चन्द, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख ललित कठायत, घरेलुु तथा साना उद्योग विकास कार्यालयका प्रमुख दिपेन्द्र शाहु, उद्योग वाणिज्य संघका लक्ष्मि श्रेष्ठ, दिपायल सिलगढी स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारी, भातृका आचार्य लगायतका सहभागी थिए ।

