सुदुरपश्चिम प्रदेशको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शैलेश्वरी जात्रा सम्पन्न (फोटो फिचर)

तेजु ओली /डोटी -सुदुरपश्चिम प्रदेशको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शैलेश्वरी जात्रा आज सम्पन्न भएको छ। बिहिबार साँझदेखि सुरु भएको मेला सुक्रुबार बेलुकी आज सम्पन्न भएको हो ।

 

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।

यस जात्रालाई परापुर्व कालदेखि मनाउदै आएको पुजे पछि मनोकामना पुरा हुने विश्वास का साथ यस वर्ष पनि जात्रा लागेको स्थानीय पदमा जोसी ले बताउनुभयो।

Sayalb

धामिगाउ र सिलगाउँका देउरा पुगेपछि भगवती माताको पूजा आराधना सुरु भएको थियो । पूजाआजापछि प्रसादका रुपमा ‘तिलाख’ ग्रहण गरिन्छ। बिहानको पूजाआजा पछि दिउँसो दाइन दामह, रुइसिंगका साथ मन्दिर क्षेत्रको मैदनमा गाँज नचाइएको थियो।यस जत्रा लाइ जिल्लाको महत्वपूर्ण जात्रामा लिएको ले हिन्दु धर्म का अनुयायी आस्था वानले पुजेको पुजारी प्रेम संकर भट्ट य बताउनु भयो ।


उक्त मेला भर्न सुदूरपश्चिम प्रदेशका साथै कर्णाली र सुदुरका सबै जिल्लाबाट समेत श्रद्धालु आउने गरिन्छ ।यस बर्ष कोभिड–१९ का संक्रमण के हि कम भएको ले भक्तजनहरूको उपस्थिति बाक्लो देखिन्थ्यो ।

Shaileshwori
Bolpatra
Loading...