मानव अधिकार र लैङ्गिक सचेतिकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न

डोटी – समाजमा परम्पराहरु धार्मीक मान्यताको आधारमा स्थापित भएका हुन्छन् । बर्तमानमा समाज सुहाउँदो चाल चलनहरु कालान्तरमा हानिकार भएर पनि स्थापीत भएका हुन्छन् । धार्मिक मान्यतालाइ आधार मानेर समाजमा छाउपडी प्रथा, जातीय छुवाछुत, बालबिवाह, लैंगिक हिंसा जस्ता परम्परागत हानिकारक अभ्यास कायमै रहेका छन् । यिनै हानिकारक अभ्यासहरु न्यूनिकरणका लागि धार्मिक अगुवाहरु समाजमा अगाढी आउन थालेका छन् ।

यसैक्रमा दुई दिने मानव अधिकार र लैङ्गकि सचेतिकरण तालिम सम्पन्न भएको छ । राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन) नेपालको आयोजना, वर्ल्ड भिजनको सहयोगमा दुई दिने तालिमा सम्पन्न भएको हो । डोटीको दिपायल स्थित वर्षा होटलको हलमा सम्पन्न भएको तालिममा डोटी, अछाम र कैलालीका २० जना विभिन्न धार्मिक अगुवाहरूक‍ो सहभागीता रहेको थियो ।

Sayalb

तालिमको प्रशिक्षण मानव अधिकारकर्मी तथा पत्रकार रामहरी ओझा र महिला मानव अधिकार रक्षक तथा समाजसेवी सरिता चौधरीले गर्नुभएको थियो । प्रशिक्षक रामहरी ओझाले विभिन्न धर्मका अगुवाहरूले एक अर्काको धर्मको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । यसरी एक अर्काका धर्मको अध्ययन गरेर एकले अर्को धर्मका राम्रा पक्षको शिको गर्नुका साथै आफ्ना धर्मका नराम्रा पक्षलाई त्याग्नुपर्ने उहाँले बताउनुभयो । धर्ममा लेखिएका कुराहरुको गलत व्याख्या गरिनुले समाजमा धर्मकै कारण पनि धेरै कुरुतिहरु सिर्जना भएको बताउँदै कर्मकाण्डलाई कर्मकाण्डका रुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

तालिममा सिकेका कुराहरु समाजसम्म लैजाने सहभागी धार्मिक अगुवाहरूले बताएका छन् । धार्मिक अगुवाहरुलाइ सामाजिक चेतना विकासको काममा समेत परिचालन गर्न सके समाजमा ब्याप्त परम्परागत हानिकारक अभ्यास न्यूनिकरण गर्न सकिने भएकाले यस्ता कार्यक्रमको आयोजना गरेको निरन नेपालले जनाएको छ ।

Shaileshwori
Loading...