कञ्चनपुरका साउँदलाई सर्बोउत्कृष्ट कृषक पुरस्कार

डोटी : सुदूरपश्चिम प्रदेश सरकारले पाँच जना उत्कृष्ठ कृषकलाई भिमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ । भूमि ब्यबस्था कृषी तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयले पुरस्कार प्रदान गरेको हो । किसान नेता भिमदत्त पन्तको नामबाट राखिएको उक्त पुरस्कार १ जना सर्बोेउत्कृष्ट र चार जना उत्कृष्ट कृषकको रुपमा सम्मानित भएका हुन ।

भिमदत्त नगरपालिकावडा नं. १० कञ्चनपुरका पुर्णबहादुर साउँदलाई सर्बोउत्कृष्ट पुरस्कार पर्दान गरिएको छ भने गान्यापधुरा गाउँपालिकावडा नं. १ डडेल्धुराका दत्तराम अवस्थी, शुक्लाफाँटा नगरपालिका वडा नं. १० कञ्चनपुरका रमेशबहादुर धानुक, जोरायल गाउँपालिका वडा नं. १ घण्टेश्वरका खडकबहादुर मल्ल र आलिताल गाउँपालिका वडा नं. ८ डडेल्धुराका शोभा कुमारी बोहराले उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् ।
उत्कृष्ट कृषकलाई सुदूरपश्चिम प्रदेश सरकारका मूख्यमन्त्री त्रिलोचन भट्टले पुरस्कार हस्तान्तरण गर्नु भएको हो । सर्बोउत्कृष्ट कृषकलाई १ लाख ५० हजार र उत्कृष्ट कृषकलाई ७५ हजार पुस्कार प्रदान गरिएको कृषि निर्देशक यज्ञराज जोशीले जानकारी दिए ।
