कोटभैरव र दुधेश्वर मन्दिर जोड्ने मुख्यमन्त्री भट्टद्धारा झोलङ्गे पुलको सिलान्याश

तेजु ओली, डोटी
दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ मा पर्ने कोटभैरव र ५ मा पर्ने दुधेश्वर मन्दिर जोड्ने झोलङ्गे पुलको सिलान्याश गरिएको छ । द्वारी खोला माथि ७० मिटर उचाइमा निर्माण हुन लागेको पुलको सोमवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बिधिवत रुपमा सिलान्यास गर्नु भएको हो । दुइ डाडामाथि रहेका धार्मिक स्थलको एकै चोटी दर्शन गर्न पाइने र आन्तरिक तथा बाह्य पर्यटकलाइ लोभ्याउन उक्त पुलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएकोछ ।

मुख्यमन्त्री भट्टले कामलाइ छिटो छरितो, टिकाउ बनाउनु पर्ने बताउदै नगरपालिकाबाट बजेट अपुग भए प्रदेसबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । दिपायल सिलगढी नगपालिका र सुदूरपश्चिम प्रदेशको कुल ८६ लाख ३८ हजार ७ सय लागतमा निर्माण हुन लागेको झोलुङ्गे पुलको लम्बाई २०० मिटर रहेको छ । पर्यटनको प्रमुख केन्द्र बिन्दु बन्न सक्ने भन्दै पुरानो राजदरवार समेत रहेको उक्त ठाउमा सुदूरपश्चिममा झल्किने परम्परागत बाजागाजा, पहिरन, भाडाकुडा लगायतका लोपहुन लागेका चिजहरुलाइ राख्ने र संग्रहालय निर्माण गर्ने दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताउनुभयो ।

Sayalb

देवभूमि कन्स्ट्रक्सन अमरगढी–५, डडेल्धुराले २०७८ असार १७ गते सम्झौता गरी २०७९ असार १५ गते सक्ने गरी सम्झौता गरेको छ । बिशेस गरि मान्छेको ओहोरदोहोर भन्दा पनि पर्यटकीय दृष्टिकोणले उक्त पुलको निर्माण सम्झौता सकिनु अगावै काम सक्ने ठेकदार डम्मर दत्त भट्टले बताउनुभयो। डोटीको प्रमुख ब्यापारिक केन्द्र दिपायल, एरपोर्ट, लगायतका होचा फाँटहरु हेर्न मिल्ने छ । आन्तरिक तथा बाह्य पर्यटकसमेत पुल अवलोकन गर्न आउने बताइएको छ। यसले धार्मिक पर्यटकलाई समेत दिपायल बस्ने वातावरण बनाएउने छ ।

उक्त सिलान्यास कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, प्रहरी प्रमुख दान बहादुर मल्ल, दिपायल सिलगढी नगरपालिका कार्यकारी अधिकृत खेम राज गुरुङ, बिभिन्न पाटि प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...