Before Header
After Navigation

सिलगढी झिग्राना सडक खण्डको मुख्यमन्त्री भट्टद्वारा अनुगमन

डोटी : सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढी झिग्राना पर्यटकिय सड्क खण्डको अनुगमन गर्नु भएको छ । प्रदेश सरकारको लगानीमा निर्माण भएको उक्त सड्क खण्ड निर्माण प्रकृयाका बारेमा अध्ययन गर्न मुख्यमन्त्री भट्ट सहितको टोलीले अनुगमन गरेका हुन् । अनुगमन गर्न बगलेक पुगेको मुखयमन्त्री भट्ट सहितको टोलीलाई बगलेक बासीले फुलमाला पन्चेवाजाले स्वागत गरेका थिए ।

Sagan sahari bhawan nirman aayojana

बगलेकका स्थानियसंग कुरा गर्दै मुख्यमन्त्री भट्टले सड्क निर्माण कार्य आफैले सुरु गरेकोले पनि प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारीमा पुगे संगै आफ्नो पहिलो प्राथमिकतामा सिलगढी झिग्राना सड्क खण्ड नै परेको बताएका हुन् ।

चन्द्रा एण्ड वसन्त कन्ट्रक्सनले उक्त सड्क खण्ड निर्माणको जिम्मा पाएको छ । उक्त सड्क खण्ड निर्माण यथासक्दो चाडो गर्न मुख्यमन्त्री भट्टले निर्देशन समेत दिएका छन् ।

Shaileshwori
Loading...