सिलगढीमा एमसिसिको विरोध स्वरुप नाराबाजी

Sayalb

तेजु ओली, डोटी
डोटी जिल्ला सदरमुकाम सिलगढीमा एमसिसिको विरोध स्वरुप नाराबाजी गरिएको छ । सुदुरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल शैलेश्वरीको मुल गेट बाट (संयुक्त सङ्घर्ष समिति) का संयोजना तथा राष्ट्रीय जनमोर्चा डोटीको आयोजनामा उक्त बिरोध र्याली निकालिएको थियो । राष्ट्रिय जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीको नेतृत्वमा राष्ट्रघाति सम्झौता खारेज गर, सार्वभौम सत्ता र राष्ट्रीय स्वाधिनताको रक्षा गर, गो ब्याग अमेरिका, एमसिसि खारेज गर जस्ता नाराहरू लगाउदै जिल्ला प्रशासन कार्यालय डोटीको मुल गेट अगाडी कोण सभाभा परिणत भएको थियो । नेकपा विप्लवका जिल्ला सचिव धुव्र वली लगायतले कोण सभामा एमसिसिको बिरोध गर्दै आफ्नो भनाइ राखेका थिए । यस बाट देश लाई पर्ने प्रभावको बारेमा बोल्दै उक्त कार्यक्रममा डोटी क्याम्पसका विद्यार्थी, पार्टी कार्यकता लगायतको उपस्थिति रहेको थियो।

Shaileshwori
Loading...