के.आई.सिंहमा भालुको आतंक : चार दिनमा दुई जनालाई आक्रमण

डोटी : के.आई.सिंह गाउँपालिकामा भालुको आतंक बढेको छ । चार दिनको अवधिमा दुई जना भालुको आक्रमणबाट घाईते भएका छन् । बिहिवार बिहान गाउँपालिकाको वडा नम्बर ३ दल्लकी ४५ वर्षिय खण्टिदेवी ऐरलाई आक्रमण गरेको छ । भालुको आक्रमण पछि ऐर गम्भीर घाइते भएको स्थानीय शेरु ऐरले जानकारी दिएका छन् । घाईते खण्टीको दायाँ हातमा र घाँटीमा चोट लागेको छ । उनलाई उपचारको लागि दिपायल ल्याईएको छ ।

यस्तै सोमवार बिहान गाउँपालिकाको वडा नम्बर ४ बासकोटा बोकडाडाँ खेतकि ३८ वर्षीया पपि बिष्टलाई भालुले आक्रमण गरेको थियो । घाँस काट्न गएका बेला उनिलाई भालुले आक्रमण गरेको थियो ।
यसरी एक साता नबित्दै भालुले दुईजनालाई आक्रमण गरेपछि स्थानिय त्रसित बनेका छन् । भालुलाई नियन्त्रणमा लिन स्थानियले सम्बन्धि निकायसँग माग गरिरहेका छन् ।
