जोरायलमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

डोटी : जोरायल गाउपालिकामा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वस्थ्य कार्यालय डोटीको आयोजनामा वडा नम्बर २ बुडर स्वस्थ्य चौकीमा शिविर सम्पन्न भएको हो । शिविरमा दम, टिभी, सुगर, मुटु रोग र प्रेसर सम्बन्धिी चेक जाच गरीएको थियो । ३ जना महिला र ४८ जना पूरुष गरि ५१ जनाले शिविरबाट स्वास्थ्य सेवा लिएको बुडर स्वसथ्य चौकीका ईन्चार्ज गणेश भन्डारीले जानकारी दिनुभयो ।

Sayalb

स्वस्थ्य कार्यलय डोटीका निमित्त स्वस्थ्य प्रमुख उद्धब सिं ठगुन्नाले सर्ने रोगहरुका बारेमो तथ्यङ्क लिइरहेको बताउँनुभयो । पछिल्लो समयमा नसर्ने रोगहरु भेटिन थालेकाले नसर्ने रोगहरुबाट ग्रसित मानव तथ्यङ्क पनि लिन आवस्यक भएकाले ति रोगको जानकारी लिने उद्देश्यले देशैभरी तथ्याङ्क संकलन गर्ने कार्य भैरहेकाले डोटीका विभिन्न स्वास्थ्य संस्थामा पनि यस्तो शिविर सञ्चालन गरिरहेको उहाँले बताउनु भयो ।

Shaileshwori
Bolpatra
Loading...