सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

तेजु ओली, डोटी

गैरसरकारी सँस्था सामुदायिक विकास मञ्च सिडिऐफ नेपालले आफ्नो कार्य क्षेत्रका गतिविधि सहित सामाजिक परीक्षण कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

डोटी, डडेलधुरा र बाजुराका केहि स्थानीय तहमा कार्यरत उक्त सँस्थाले आफ्नो जिम्मेवारी, त्यसको पालना गर्न भए गरेका प्रयास तथा कार्यसम्पादनको लेखाजोखा गर्न र मार्गदर्शक सुझाव संकलनका लागि सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

मुख्यतया आयआर्जन, जिविकोपार्जन र स्वास्थ्य तथा सरसफाइ लगायतका क्षेत्रमा कार्य गर्दै आएको सो सँस्थाले विभिन्न अन्तर्राष्ट्रिय संस्था संग समन्वय गरेको सचिब सिद्ध राज जोसी ले बताउनुभयो।
कारीतास नेपाल,के एन एच नेपाल,गुड नेवर्स इन्टरनेट नेपाल र आइपास नेपाल संग को सहकार्य मा विभिन्न कार्यक्रम सन्चालन मा रहेको जनाएको छ ।

संस्था को आर्थिक वर्ष २०७७/७८ को सामाजिक परीक्षण कार्यक्रम जिल्ला सदरमुकाम सिलगढी मा रहेको परिवार नियोजनको हलमा सरोकारवाला हरुको सहभागिता मा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

Sayalb

सामाजिक परीक्षण कार्यक्रममा प्रमूख अतिथिका रुपमा बोल्दै दिपायल सिलगढी नगरपालिका उप प्रमुख सिबराज खडकाले संस्था का गतिबिधि प्रत्यक्ष जनताको आवश्यकता अनुसार सन्चालन भएको भन्दै आत्मनिर्भरता र शशक्तिकरण आजको आवश्यकता भएको बताउनु भयो ।

कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट ले जुन क्षेत्रमा संस्था ले काम गरेको छ सोहि क्षेत्रमा सार्बनिक लेखा परीक्षण जस्ता कार्यक्रम गर्दा समुदामा सकारात्मक प्रभाव पर्ने हुदा सोहि ठाउमा गर्दा राम्रो हुने बताउनु भयो ।त्यसतै समूहको दीगोपनाका लागि समूह समूहबाट पनि एउटा सञ्जाल बनाएर काम गर्नुपर्ने र कार्यक्रमको दीगोपनाका लागि सबैले सोच्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

त्यस्तै वडा नं. ८ का वडा अध्यक्ष राम बहादुर खड्काले समुहमा बचत गरेको रकमलाई उद्यमशिलतासँग जोड्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका उप सिब राज खड्का, प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, जोरायल गाउँ पालिकाका उपाध्यक्ष जमुना बोहरा, सरोकारवाला ,बिभिन्न सरकारी संस्था का प्रतिनिधि,गैरसरकारी संस्थाका प्रतिनिधि, लाभान्वित समुदाय लगाएतले आ–आफ्ना भनाई तथा सुझावहरु औल्याएका थिए ।

कार्यक्रमबाट प्राप्त सुझावहरुलाई आत्मसाथ गर्दै आगामी दिनमा सुधार गर्ने संस्था का अध्यक्ष खडक राज सर्माले प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रमको सहजिकरण पत्रकार रामहरी ओझाले गर्नु भएको थियो।

Shaileshwori
Loading...