कोभिड हेल्पडेक्स बुडर लाई स्वास्थ्य सामग्री बितरण

Sayalb

नारद नेपाली/डोटी- जोरायल गाउँपालिका २ बुडरमा रहेको कोभिड हेल्प डेस्कलाई स्वास्थ्य सुरक्षाका समाग्री हस्तान्तरण गरिएको छ । जोरायल गाउँपालिका २ बुडरमा रहेको कोभिड हेल्प डेस्कलाई डिसिय नेपाल मार्फत सञ्चालनमा रहेको एक्ट एलाइन्स परियोजनाले स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच करिब ७१ हजार बराबरको डिस्पेन्चर, हिटर, निर्मलीकरण मेसिन, मास्क, सेनिटाईजर जस्ता स्वास्थ्य सुरक्षा सामग्रीहरू जोरायल गाउँपालिका वडा नम्बर २ का अध्यक्ष मान बहादुर मल्ल मार्फत बुडरमा रहेको कोभिड हेल्प डेस्कलाई हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक महेश परियारले जानकारी दिनुभयो। भारत बाट आउने नागरिक, कोभिड प्रभावित व्यक्तिको स्वास्थ्य जाँचको लागी केही सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरेको कार्यक्रमका संयोजक परियारले जानकारी दिनुभयो ।

Shaileshwori
Loading...