सुदूरपश्चिमका उच्च पहाडी भागमा हिमपात

धनगढी : सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ। डडेल्धुरा, बाजुरा र बैतडीलगायतका जिल्लाका विभिन्न स्थानमा हिमपात भइरहेको हो। पहाडी क्षेत्रमा हिमपातसँगै तराइ क्षेत्रमा पानी परिरहेको छ। कैलाली-कञ्चनपुरमा हिजो साँझदेखि नै पानी पर्न थालेको हो।
डडेल्धुरा सदरमुकाममा मंगलबार साँझ ७ बजेपछिबाट पानीसँगै हिउँ पर्न सुरु भएको थियो। डडेल्धुराको अनारखोली, हगुल्टे क्षेत्रमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले बताए।
बैतडीको ढोल्यामोड, खोड्पे, सतबाँझलगायतका स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। जिल्लाका केही स्थानमा हिजो साँझदेखि र केही स्थानभमा आज बिहानदेखि हिमपात धइरहेको उनले बताए। हिमपातका कारण गाडीहरु नचलिरहेका उनले बताए।
यस्तै, बाजुरामा पनि हिमपात भइरहेको छ। जिल्लाका हिमाली गाउँपालिका, बुढीनन्दा, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुरका प्रहरी नायब उपरीक्षक चतुर्भुज ओझाले बताए।

Sayalb

त्यसैगरी दार्चुलाको उच्च हिमाली क्षेत्र तिङ्कर, छांगरु, दुम्लिङ र खण्डेश्वरीमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। अछाममा पनि हल्का हिमपात र वर्षा भइरहेको बताइएको छ। जिल्लाको चौखुट्टे तथा कमलबजारलगायतका क्षेत्रमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तुलसीराम अर्यालले बताए।
डडेल्धुरा, बैतडी, बाजुरालगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएसँगै चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ।

दिनेश खबरबाट साभार 

Shaileshwori
Loading...