सुर्खेतमा राखियो वीरेन्द्रको सालिक

सुर्खेत — सुर्खेतको वीरेन्द्रचोकमा तत्कालीन राजा वीरेन्द्रविरविक्रम शाहको सालिक पुनस् राखिएको छ । वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसरमा बुधबार वीरेन्द्रचोकमा अर्ध कदको सालिक राखिएको हो ।

वीरेन्द्रचोकमा २०४४ सालमा स्थापना गरिएको सालिक २०६२र६३ को आन्दोलनका बेला गणतन्त्रको माग गर्दै तोडफोड गरिएको थियो । गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा युवाहरुले वीरेन्द्रको जन्मयन्तीमा सालिक राखेका हुन् । ुराजा हाम्रो इतिहास हो’, उनले भने, ‘ऊ बेलामा राजाले वीरेन्द्रनगरमा योगदान पुर्याएकाले सालिक राखिएको थियो ।’
तत्कालीन राजा वीरेन्द्र २०३३ सालमा पहिलो पटक सुर्खेत आएका बेला उनले उपत्यकालाई गुरुयोजना बनाउन पठाएका थिए । ऊ बेला कटकुवा पञ्चायतका रुपमा रहेकाले उपत्यकाको नाम वीरेन्द्र चोक नामकरण गरिएको थियो ।
