पुर्विचौकी गाउँपालिकामा संयुक्त अनुगमन

तेजु ओली, डोटी
गुड नेवर्स इन्टरनेट नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च र सामुदायिक विकास केन्द्र डोटीद्वारा सञ्चालित विभिन्न गतिविधिको संयुक्त रूपमा अनुगमन गरिएको छ । बुधवार पुर्विचौकी गाउँपालिकाका विभिन्न वडामा शिक्षा, आयआर्जन, स्वास्थ्य लगायतका क्षेत्रमामा सञ्चालित क्रियाकलापको संयुक्त रूपमा अनुगमन गरिएको हो । जिल्ला समन्वय समिति डोटीको नेतृत्व र सरोकारवालाको सहभागीमा उक्त अनुगमन गरिएको थियो ।

पछिल्लो समयमा स्थानीय खेतीपाती भन्दा बढी तरकारी खेती प्रति आकर्षित भएका छन् । पहिला भन्दा गाउँपालिका र विभिन्न संस्थाले महिलाका क्षेत्रमा काम गर्न थालेपछि महिलाहरू सशक्त बन्दै गएका छन् । साथै विद्यालयमा विभिन्न सामग्री लगायत भौतिक संरचना बने पछि अभिभावक तथा विद्यार्थीलाई पठनपाठनमा समेत सहयोग भएको छ ।
संस्थाले २०२१ मा समुदायमा सञ्चालन भएका सबै गतिविधिको अनुगमन गरिएको हो । उक्त अनुगमनमा जिल्ला समन्वय समिति डोटीका उपप्रमुख शशी सोव, पुर्विचौकी गाउँपालिकाका विषयगत शाखाका प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार महासङ्घ लगायतले संयुक्त रूपमा अनुगमन गरेको सामुदायिक विकास केन्द्र डोटीका सूचना अधिकारी एकराज बडुले बताउनुभयो ।
