आज पुषकी पन्नरेइ रात

Sayalb

सुदूरपश्चिम प्रदेशको मौलिक पर्बको रुपमा रहेको पुषकी पन्नरेइ रात आज प्रदेशभरी मनाईदै छ । पुष महिनाको पन्ध्र गतेका दिन मनाइने यो चाँड बिशेषगरी सुदूरपश्चिममा मनाईन्छ । आज राती न सुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर रात बिताउने परम्परा रहेको छ ।
आजको दिनमा चामलको पिठोको मोटो रोटी ‘भुच्चाने/भून्या’ रोटी बनाएर आगोको भुबरामा पकाएर खाने त्यसका साथै तरुल, सकरखण्ड खाने प्रचलन रही आएको छ । रातभर गाउँभरका मान्छेहरु एक ठाउँमा बसेर बुढापाकाले कथाहरु सुनाउने तथा गाउँखाने कथा सुनाउने तथा गाउँखाने कथाहरु हाल्ने गरिन्छ ।

Shaileshwori
Loading...