केआईसिंहका किसानलाई क्यारेड तथा डिजिटल तराजु वितरण

डोटी, पौष १५
सुबास नेपाली

डोटीको के आई सिंह गाउँपालिका वडा नं ४ का सुन्तला खेती गर्ने किसानहरूलाई क्यारेड तथा डिजिटल तराजु वितरण गरिएको छ।

कृषि ज्ञान केन्द्र डोटीले केआई सिंह गाउँपालिका वडा नं ४ बाला बनको कलारी कृषक समुहका २४ जना किसानहरूलाई सो सामाग्री वितरण गरेको हो।

Sayalb

वर्षौँ देखि सुन्तला खेती गर्दै आई रहेका त्यहाका किसानहरू उत्पादन भएका सुन्तला डोकोमा बोकी बजार सम्म ल्याउने गरेका कारण धेरै जसो सुन्तला बिग्रने र सुन्तला तौलिदा ठगिने भएका कारण उक्त कुरालाई ध्यानमा राखी कृषि ज्ञान केन्द्र डोटीले किसानहरूको माग बमोजिम उक्त सामाग्री वितरण गरेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताउनु भयो।

उक्त सामाग्री पाएपछि स्थानीय किसानहरू खुसी भएका छन्।पहिले आफूहरू डोकोमा सुन्तला बोकी बजार सम्म पुर्याउदा बाटैमा पिच्चिएर बिग्रने र बजार सम्म पुर्‍याएको सुन्तला व्यापारीहरूले तौलमा ठग्ने गरेको र अब देखि सो समस्याको समाधान हुने स्थानीय कृषकहरूले बताएका छन्।

के आइ सिंह गाउँपालिकाको वडा न ४को बलाबन गाउँपालिका भरिकै सुन्तला पकेट क्षेत्रका रूपमा चिनिने गरेको छ।यस क्षेत्रमा करिब ५ सय देखि ६ सय सम्म सुन्तलाका बिरुवाहरू रहेका छन् भने ५० किसान यस खेतिमा आबद्ध रहेका छन्।

Shaileshwori
Loading...