सम विकास केन्द्रकाे सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

सम विकास केन्द्र (ई डिसी) नेपालको आर्थिक वर्ष ०७७/०७८को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ । सम विकास केन्द्रले बर्सभरि गरेका क्रियाकलाप बारे जानकारी दिन तथा संस्थागत सुधार गर्नका लागी सुझाव दिने उद्देश्यका साथ वार्षिक सामाजिक परीक्षण तथा २४ औँ वार्षिक साधारण सभा कार्यक्रमको शिखर नगरपालिकामा आयोजना गरिएको हो ।
सम विकास केन्द्र (ई डिसी) नेपालले स्थानीय सरकारको हरेक काममा हातमा हात र साथमा साथ मिलाएर काम गरिरहेको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताउनु भएको छ ।  दलित सशक्तीकरण, महिला सशक्तीकरण तथा नागरिक सचेतनाका क्षेत्रमा उत्कट काम गर्दै आएको संस्था भएको मेयर जोशीले बताउनु भएको  हो ।
समाज रूपान्तरणमा सम विकास केन्द्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको डोटीका प्रमुख जिल्ला अधिकारी शंकर विष्टले बताउनु भएको छ । संस्थाका विभिन्न क्रियाकलापसँग जोडिएर अनुगमन गर्दै गर्दा ई डिसीले नागरिक सशक्तीकरणका पक्षमा महत्त्वपूर्ण योगदान रहेको प्रमुख जिल्ला अधिकारी विष्टले बताए । डोटी जिल्लाका ६ पालिकामा १० वटा विभिन्न परियोजना मार्फत काम गरिरहेको उक्त संस्थाले २४ बर्सदेखि बिशेषगरी दलित, महिला सिमानाकृत वर्गका पक्षमा काम गर्दै आएको संस्था हो  ।
विभिन्न परियोजना अन्तरगत सम विकास केन्द्रमा आर्थिक बर्सभरि ४ करोड ७४ लाख ७७ हजार ४ सय ९७ दातृ निकायबाट प्राप्त गरेकोमा  ४ करोड ५८ लाख ४० हजार ४ सय ३१ रुपैयाँ खर्च गरेको छ भने १७ लाख ३७ हजार ६६ रुपैयाँ खर्च प्रक्रियामा रहेको सम विकास केन्द्रले जानकारी दिएको छ ।
सम विकास केन्द्र नेपालले महिलाको आत्मविश्वास सृजना गर्न तथा अधिकार प्राप्तीका लागी समुदायमा महत्त्वपूर्ण योगदान गरेको केआईसिंह गाउँपालिका वडा नं. ४ वायलका मन्धरीदेबी भट्टले बताउनु भएको छ । बाल विवाह, बहु विवाह, लै‌गिक हिंसा न्यूनीकरण गर्न महिलाहरू सक्षम हुनुको साथै संयुक्त लालपुर्जा बनाउनेको सङ्ख्यामा समेत वृद्धि आएको भट्टको विश्वास रहेको छ ।
अधिकार प्राप्ति गर्नु पर्ने सिलसिलामा स्थापना भएको संस्था भएका कारण सम विकास केन्द्र सीमान्तकृत जनताका पक्षमा निरन्तर आवाज उठाउने गैर सरकारी संस्था भएको सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले बताउनु भएको छ ।
Sayalb
सामाजिक परिक्षण कार्यक्रममा सहभागिहरु
सामाजिक परीक्षण कार्यक्रममा संस्था मार्फत आर्थिक बर्सभरि भएका मुख्य क्रियाकलाप, चुनौती र अवसर सहितको वार्षिक प्रतिवेदन परिबर्तन परियोजनाका कार्यक्रम संयोजक महेश परियारले प्रस्तुत गर्नु भएको थियो ।  सुशासन कायम गर्ने उद्देश्यका साथ विगत बर्सदेखि सामाजिक परीक्षण कार्यक्रम गर्दै आएको सम विकास केन्द्रले यस वर्ष पनि सदरमुकाम भन्दा बाहिर शिखर नगरपालिकामा सामाजिक परीक्षण कार्यक्रम गरेको हो ।  संस्थाले यसरी नै नागरिक तथा सेवाग्राहीका पक्षमा निरन्तर पारदर्शी तथा जबाफदेही भएर काम गर्न कार्यक्रमका सहभागीले सुझाव दिएका हुन ।
Shaileshwori
Bolpatra
Loading...