प्रथम देबेन्द्र खड्का स्मृती खुल्ला क्रिकेट प्रतियोगिता सुरु

डोटी-प्रथम देबेन्द्र खड्का स्मृती खुल्ला क्रिकेट प्रतियोगिता २०७८ सिलगढीमा सुरु भएको छ।

दिपायल सिलगढी नगरपालिकामा रहेको टुँडिखेल मैदानमा आजबाट सुरु भएको उक्त क्रिकेट प्रतियागितामा सरस्वती माध्यमिक बिधालय साँनागाँउ र आयोजक देबकोटा युवा क्लब सिलगढी डोटी बिच प्रतिस्पर्धा भएको हो।
टस हारेर ब्याटिङ गरेको सरस्वती माध्यमिक बिधालय साँनागाँउले निर्धारित १५ ओभरमा आठ विकेट गुमाएर ८२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको आयोजकले १०।२ ओभरमा दुई विकेट गुमाएर जित हासिल गरेको हो ।
खेलमा जम्मा १२ ओटा टिमको सहभागीता रहेको आयोजक देबकोटा क्रिकेट क्लबले डोटीले जनाएको छ । नक आउट सिस्टम अनुसार खेलाईएको उक्त खेलमा एल बी डब्लु बाहेक आईसीसीको नियम रहेको बताईएको छ ।
खेलमा प्रथम पुरुस्कार १ लाख ११ हजार १ सय ११ मेडल, ट्रफी,सहित प्रमाणपत्र र दित्तिय पुरुस्कार ५० हजार ५ सय ५५, मेडल, ट्रफी, सहित प्रमाणपत्र दिईने आयोजकले जनाएको छ ।
