माओवादी केन्द्रकाे सङ्गठनमा सुपका पहाडी जिल्लामा डोटी पहिलो  स्थानमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) देशभर सङ्गठन बिस्तार तथा सुदृढीकरणमा लागेको छ । सङ्गठन सुदृढीकरण अभियानमा  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति पनि लागेको छ  । फलस्वरूप सुदूरपश्चिममा ८० हजार ४ सय ५८ जना  सदस्य रहेको विशाल सङ्गठन निर्माण गरेको छ ।
माओवादी केन्द्रको सङ्गठन बिस्तारमा डोटी जिल्ला अब्बल देखिएको छ । सुदूर पश्चिमका पहाडी जिल्लाका सबै भन्दा बढी सङ्गठन बिस्तार गर्ने जिल्लाको रूपमा डोटी रहेको छ  भने त्यसपछि क्रमशः अछाम, बैतडी, डडेल्धुरा, बझाङ, दार्चुला र बाजुरा रहेका छन् ।
पहाडी जिल्लामा सबै भन्दा बढी डोटी  ८ हजार ७३ र सबै भन्दा कम बाजुरामा दुई हजार ८ सय पाँच जना रहेका छन् । 
 माओवादी पार्टी विभाजनको व्यापक असर पुगेको डोटीमा करिब ०६४ साल स्तरकै सङ्गठन  निमार्ण भईरहेको डोटी इन्चार्ज शिव सिंह ओलीले बताए ।  ओलीले भने ‘ देशभर र बिशेषगरी डोटीमा माओवादीमा आबद्ध हुनेको लहर छ, डोटी जिल्लाको सङ्गठन जुरुक्क उठेको छ ।’
Sayalb
डोटीमा एक मात्रै पालिकाका विजयी भएको माओवादी डोटीबाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेसङै सङ्गठन बिका सले गति लिएको हो ।
तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा पनि माओवादी केन्द्रको सङ्गठन सुधार भएको छ ।  कैलालीमा २८ हजार पाँच सय ५२,  कञ्चनपुर १२ हजार ४ सय ४३, डोटी ८ हजार ७३, अछाम ७ हजार ८ सय ६०, बैतडी ६ हजार ९ सय २४, डडेल्धुरा ५ हजार ८  सय २४, बझाङ ४ हजार ३ सय ९४, दार्चुला ३ हजार ५  सय ७५ र बाजुरामा २ हजार ८ सय पाँच जना सदस्य रहेका छन् ।
Shaileshwori
Loading...