कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धी तालिम सम्पन्न

तेजु ओली, डोटी
कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धी तालिम डोटीको दिपायलमा सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीका कार्यालय प्रमुख विद्या देउवाको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला भरीका आयोर्बेदीकमा काम गर्ने १६ जना कर्मचारीको सहभागिता रहेको थियो । विशेष गरेर चार प्रकारका रोगहरूको बारेमा जानकारी हुने गरी उक्त तालिमको आयोजना गरेको थियो।

Sayalb

मुटु तथा रक्त नलिका रोग, मधुमेह, दीर्घ श्वास प्रश्वास सम्बन्धी रोग र क्यान्सरको बारेमा प्रशिक्षक डा।रोशन बास्कोटा र डा छविन्द्र प्रसाद उपाध्यायले छलफल गर्नु भएको थियो। तालिम बाट आफुहरुले धेरै कुरा सिकेको जिजौडामाण्डौ आयोर्बेद औषधालयका कवि राज सिरिकन्त तिवारीले बताउनुभयो। विश्वमा नसर्ने रोगका कारण बर्सेनि करिब ४ करोड मानिसको मृत्यु हुने गर्दछ ।

जसमध्ये नेपालमा कुल मृत्यु मध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगको कारण बाट हुने गरेको तथ्याङ्क ले देखाउँदै छ । पछिल्लो समयमा खानपान, शारीरिक कसरत, धूम्रपान मद्यपानको सेवनले यस्ता रोगहरू लाग्ने बताइएको छ । मानिसले सरुवा रोग त यान्टिबायोटिक वा अन्य विधिबाट ठिक हुने तर नसर्ने रोग ठिक नहुने भएकाले त्यसबाट बाच्ने उपाय को जानकारी गराउने उद्देश्यले उक्त तालिम को आयोजना गरेको कार्यालय प्रमुख देउवाले जानकारी दिनुभएको छ।

Shaileshwori
Loading...