पाँच दिने पाठेघर सम्बन्धि शिविर सम्पन्न

डोटी – बोगटान फुड्सिल गाउँपालिकाका पाठेघर खसेका महिलाहरुको निशुल्क उपचार गरिएको छ । बोगटाटन फुड्सिल गाउँपालिकाको आर्थिक सहयोग र शैलेश्वरी अस्पताल दिपायलक‍ो आयोजनामा सम्पन्न भएको पाँच दिने शिविरबाट बोगटानका सात जना सहित १४ जनाको उपचार गरिएको हो ।

Sayalb

लामो समयदेखि पाठेघरको समस्याबाट ग्रसित महिलाहरुको पिएएफ पद्धतिबाट पाठेघरको शल्यक्रिया गरिएको शैलेश्वरी अस्पतालका सञ्चालक आईजंग कुवरले जानकारी दिनुभएको छ ।

पुस १५ गतेदेखि २० गतेसम्म सञ्चालन भएको शिविरमा १४ जना मध्ये बोगटानका सात जनाको निशुल्क र अन्य पालिकाका सात जनाको सशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ । सेवाग्राही महिलाहरू शल्यक्रियाका क्रममा ७ दिन अस्पतालमा राखिएको थियो ।

Shaileshwori
Loading...