मुक्त हलियाका मुद्दाहरुको व्यवस्थापन सम्बन्धी तीन दिने कार्यक्रम समपन्न

डोटी-मुक्त हलियाका मुद्दाहरुको व्यवस्थापन सम्बन्धि तीन दिने कार्यक्रम जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ ।

मुक्त हलिया सशक्तीकरण ADHICAR परियोजना मुक्त हलिया, महिला र,अपांगता भएका ब्याक्तिहरुको मानव अधिकार उल्लङ्घन मुद्दाहरुको व्यवस्थापन सम्बन्धि कार्यक्रममा छलफल भएको थियो।
बुधबार बाट सुरु भएको कार्यक्रम आज सम्पन्न भएको छ।युरोपियन युनियनको आर्थिक सहयोगमा जिल्लामा हलियाका समस्या समाधानका लागि काम गर्ने क्रियासिल संघसंस्थाहरुको आयोजनामा कार्यक्रम सुरु भएको थियो।

हलियाका समस्या समाधान, अधिकार स्थापना, मानव अधिकार उल्लङ्घनको व्यवस्थापन समबन्धी कार्यक्रममा छलफल हुने मुक्त हलिया समाज नेपालका प्रतिनिधि कर्ण चनाराले बताउनुभयो ।

दलित महिला तथा समुदायका ब्यक्तिहरु नै आफुलाई भईरहको अपहेलित ब्यबहारको प्रतिबाद गर्न नसकेको कारण अझै छुवाछूतको समस्या कायमै रहेको दलित अगुवा टीका नेपालीले बताउनुभयो । समाजमा जातीय बिभेद, लैङ्गकि विभेद,छुवाछूत जस्ता मानवअधिकार उल्लङ्ङनका घटनाहरु घटिरहेकाले यस्ता घटना न्युनिकरण गर्नमा आम जनसमुदायले मिलेर लाग्नुपर्ने मुक्त हलिया महासंघ डोटीको अध्यक्ष बज्री सिं नेपालीले बताए ।

Sayalb

सरकारले कानुन निर्माण गरे पनी ब्यबहारमा लागू नभएको कारण समाजमा अझैसम्म छुवाछूतका घटनाहरु घटिरहेका कार्यक्रमका सहभागी हरुको भनाई थियो।

 

समाजमा हलिया समूह द्वारा दबाब सिर्जना गर्ने, सचेतना कार्यक्रम गर्ने, लैङ्गकि समानता तथा सबै प्रकारका हिंसामा प्रतिबद्धता गर्ने, हलिया अधिकार संग सम्बन्धित संघसंस्था संग समन्वय गरि अगाडि बढ्नमा सबै एकजुट हुने कार्यक्रमका सहभागीहरुको भनाइ रहेको थियो।

कार्यक्रममा जिल्ला स्थित मुक्त हलियाको क्षेत्रमा काम गर्ने बिभिन्न संस्था तथा समुहका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

साहु महाजन र मालिकको हलो जोतेर घरपरिवार पाल्दै आएका हलियालाई उचित पुर्नस्थापना गर्न नेपाल सरकारले २०६५ सालमा नै मुक्तिको घोषणा गरेको थियो। हलियालाई पुनःस्थापनाको वर्षौं बित्दा पनि हलियाका दिन भने फेरिएका छैनन्।

Shaileshwori
Loading...