सिँहको अध्यक्षतामा सायल गाउँपालिका एकीकृत अखिल नेपाल शिक्षक समिति गठन

डोटी- सायल गाउँपालिकामा एकीकृत अखिल नेपाल शिक्षक संगठनको समिति गठन गरिएको छ ।

आज बसेको भेलाले राजेन्द्र सिँहको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको कार्यक्रमका प्रमुख अतिथि एवं एकीकृत अखिल नेपाल शिक्षक संगठन डोटीका अध्यक्ष राम ऐरले जानकारी दिनुभयो ।
त्यस्तै उक्त भेलाले बरिस्ठ उपाध्यक्षमा दिनेश देउवा, सचिवमा लाल बहादुर रोकाया, महिला उपाध्यक्षमा गोमा रोकाया र अर्थ सचिव नारायण साउद लगायतको समिति गठन गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन अध्यक्ष ऐरले जानकारी दिनुभयो ।
भेलामा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपाल डोटीका पदाधिकारी, शिक्षक संगठनमा आस्थावान शिक्षक हरुको उपस्थिति रहेको थियो ।
