नेकपा एमाले डडेल्धुराको अध्यक्षमा साउँद सर्वसम्मत चयन

डडेल्धुरा – नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउँद सर्वसम्मत चयन भएका छन्। आठौं जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउँद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

अध्यक्ष पदका लागी अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएको भएपनि अन्तिममा उनी साउँदलाई नै अध्यक्ष बनाउन तयार भएका हुन्।
जिल्ला अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर धामि, सचिवमा गजेन्द्र शाहि, उपसचिवमा अञ्जु गैरे र मिनबहादुर बोगटि सर्वसम्मत चयन भएका छन । भने अन्य पदाधिकारीहरुका लागि समेत सहमतीको सहमतिको प्रयास भइरहेको एमाले डडेल्धुराले जनाएको छ।
