२५ जना भन्दा बढी भेला हुन रोक,विद्यालयमा माघ १५ सम्म हिउँदे बिदा दिन सिफारिस

काठमाडौं – सरकारले कोभिड-१९ कोरोना भाइरस फैलिन नदिन सचेतना अपनाउँदै २५ जना भन्दा बढी एक ठाउँमा भेला हुन रोक लगाउने निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

आइतबार नै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

‘माघ ३ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप लगाएको प्रमाण अनिवार्य देखाउन सिफारिस गरेका छौं,’ प्रवक्ता नेपालले भनिन्।

Sayalb

आजको बैठकले सिनेमा हल, पार्कलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था लागू गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ।

सहसचिव नेपालका अनुसार राजनीतिक दलहरूलाई ठूला भेला-कार्यक्रम नगर्न र विभिन्न संघ-संस्थालाई महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आह्वान गरिएको छ।

यसअघि नै पूर्वनिर्धारित कार्यक्रम भए  स्थानीय प्रशासनको अनुमतिमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरिएको छ।

व्यवस्थापन समिति बैठकले स्मार्ट लकडाउनको कार्यविधि अनुसार आफ्नो जिल्लाको अवस्था हेरेर थप कदम चाल्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिन पनि भनेको छ।

नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण फेरि तीव्र गतिमा फैलिरहेको छ।

Shaileshwori
Loading...