Before Header
After Navigation

मेल्लेख गाउँपालिकामा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल गठन

लाल बहादुर चदरा/अछाम-अछामको मेल्लेख गाउपालिका मा सामुदायिक बिद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ अछाम जिल्ला को समन्वय मा प्रथम मेल्लेख गाउपालिका स्तरीय अधिबेशन बाट सर्वसम्मत रुपमा समिति चयन गरेको छ ।

Sagan sahari bhawan nirman aayojana

शिक्षा क्षेत्र लाई बलियो बनाउन एक आपसमा समन्वय सहकार्य अन्तर बिद्यालय सम्बन्ध जोडन बिद्यालय ,नेटवर्क मार्फत विद्यालयको रेखदेख गर्ने सबैपक्ष जिम्मेवार बनाउन र बिद्यालय को मापदण्ड अनुसार कार्यक्रम संचालन गर्ने उदेश्य का साथ समिति गठन गरेको जनाएको छ । मेल्लेखमा डम्बरबहादुर साउद को अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । जस्को उपाध्यक्षमा जनकला कुमारी साउद, कोषाध्यक्ष दिर्घ राज खड्का,सचिव दानबहादुर बुढा लगायतका सदस्य १३ सदस्य रहेका छन।
सामुदायिक बिद्यालय व्यवस्थापन समिति का जिल्ला अध्यक्ष शिलोज कुवर को अध्यक्षतामा भएको प्रथम अधिबेशन का प्रमुख अतिथि मेल्लेख गाउँपालिका उपाध्यक्ष धनबहादुर शाहि र बिशिस्ट अतिथि प्रदेश समिति सचिव दिर्घराज उपाध्याय रहनु भएको थिए ।

अधिबेशन मा मेल्लेख का निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडका , सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ प्रदेश सचिवालय सदस्य पदम बहादुर खड्का ,नेपाली काग्रेस शिक्षा बिभाग का केन्द्रीय सदस्य नृप बहादुर खड्का माओवादि केन्द्र का प्रतिनिधि दानबहादुर बुढा लगायतका मेल्लेख अन्तर्गत बिद्यालय व्यवस्थापन समिति का पदाधिकारी हरुको सहभागिता रहेको थियो
प्रथम पालिका स्तरीय अधिबेशन को संचालन सामुदायिक बिद्यालय व्यवस्थापन समिति महासंघ जिल्ला सचिव सुरत भुलले गर्नु भएको थियो

Shaileshwori
Loading...