जिल्ला प्रशासन कार्यालय डोटी द्धारा जारी आदेश बिहिवार रातिदेखि लागू हुने

मोहन ठकुल्ला/डोटी – कोरोना संक्रमण जोखिम न्युनिकरण गर्नका लागी जिल्ला प्रशासन कार्यालय डोटी द्धारा जारी आदेश बिहिवार रातिदेखि लागू हुने भएको छ ।
डोटी लगायत देशैभर कोरोना संक्रमण बढेसँगै कोरोना संक्रमण फैलने उच्च जोखिमका कारण जिल्ला प्रशासन कार्यालय डोटिले एक सुचना जारी गरी काभिड १९ को रोकथाम र नियन्त्रणलाई प्रभाकारी बनाउन नेपाल सरकारको निर्णय बमोजिम र कोभिड १९ संकट व्यावस्थापन समितिको सिफारिस अनुसार यहि पुस २९ गते राति १२ बजे देखि सार्वजनिक स्थानमा भेला, मेला महोत्सब, कोरोना फैलिने कुनै पनी क्रियाकलाप नगर्न आदेश दिएको छ ।

जारि आदेशमा अनसार्वजनिक ठाँउहरूमा धैरै जना उपस्थित हुन नपाईने,राजनीति ,सामाजिक ,धार्मिक तथा प्रशासनिक कुनै पनि कार्यक्रम गर्न नपाईने उक्त सुचनामा उल्लेख गरेको छ । आत्यावश्यक कामको लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र जान पाईने भएको छ । यस्तै २५ जना भन्दा बढी मेला, जात्रा , पर्व महोत्सवमा संचालन र भिडभाड गर्न नपाइने भएको छ ।

Sayalb

यसैगरी माघ ७ गते देखि सार्वजनिक स्थानहरू कार्यालय , होटेल , रेस्टुरेन्ट , सिनेमाहल , रंगशाला हवाई यात्रा, पार्क आदि जस्ता ठाउँहरूमा प्रवेश गर्दा कोभिड १९ को खोप कार्ड अथवा मोबालमा खोप कार्डको फोटोलाई सम्बन्धित निकायले हेरेर मात्र प्रवेश दिने व्यावस्था मिलाउने भएको छ ।

पुर्व निर्धारित परिक्षाहरूमा स्वास्थ सुरक्षाका मापदण्ड अनिवार्य गरि संचालन गर्ने र घरबाट निस्कदा अनिवार्य रूपमा मास्कको प्रयोग गरी भौतिक दुरी कायम राख्ने लगायतका मापदण्डको पुर्ण रूपमा पालन गर्न डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारीले द्वारा जारी उक्त आदेशमा भनिएको छ ।

Shaileshwori
Loading...