अछामको ठाटीलाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गरिदै

लालबहादुर चदारा, अछाम
अछामको मेल्लेख गाउपालिका वडा नम्बर ३ ठाटीलाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्नकाे लागि मेल्लेख गाउँपालिकाकाे एक टाेलि बाट अनुगमन गरिएकाे छ ।
माग महिनाकाे तेस्रो हप्ता भित्र ठाटीलाई बालमैत्री स्थानीय शासन वडा घाेषणा गर्ने अनुगमन टाेलिले निष्कर्ष समेत निकालेकाे छ ।
मेल्लेख गाउँपालिका उपाध्यक्ष तथा बालअधिकार समिति संयाेजक धन बहादुर शाहीकाे नेतृत्वमा गएकाे टाेलिले आईतवार अनुगमन गरेकाे हाे ।

बाल मैत्री स्थानीय शासन वडा घाेषणाकाे अन्तिम तयारीमा रहेकाे ठाटिलाई मेल्लेख गाउँपालिका विषयगत शाखा र समिति, वर्ल्ड भिजन र आस्था नेपालका पदाधिकारी मार्फत स्थलगत अध्यान तथा अनुगमन गरेकाे बताइएको छ ।
टाेलिले बाल मैत्री स्थानीय शासनका ३९ वटा सुचकहरु पूरा भए नभएका विषयमा जानकारी लिएकाे छ ।
केहि थप अपुग सुचक तत्काल पूरा गर्ने कार्यन्वयनमा निरन्तरता दिने विषयमा पनि छलफल भएकाे छ ।
यस्तै वडा नम्बर ३ ठाटीकाे वडा कार्यलयले मेल्लेख गाउपालिका मार्फत जिल्ला समन्वय समितिलाई अन्तिम अनुगमनका लागि सिफारिस सहित पत्र पठाउन आवश्यक प्रतिबेदन तयार पारेकाे छ ।
अनुगमन टाेलिमा मेल्लेख गाउपालिका सामाजिक विकास संयाेजक नरपति रावल, वडा न ३ का वडा अध्यक्ष केशरबहादुर शाह, कार्यपालिका सदस्य कमलदेबि ताम्राकार, नरेन्द्र नेपाली, शिक्षा शाखाका पृथ्वी रावल, महिला बालबालिका शाखाका नमराज बहादुर शाही, स्वास्थ्य शाखाका नृप बुढा, हिमाल खडका, प्रबिधिका शाखाका राजन खडका, वडा सचिब गाेबिन्द बहादुर रावल, स्वास्थ्य चाैकि ठाटीका इन्चार्ज नरेन्द्र बहादुर शाह, वर्ल्ड भिजनका मंगल शाह, आस्था नेपालका मिल अधिकृत हर्कबहादुर खड्का, फिल्ड अधिकृत भ्वानसिह सार्की, बाल संरक्षण समितिका सचिव गंगा नेपाली, बाल संजालका राेशन रावल पत्रकार लगायतको सहभागीता रहेकाे थियाे ।
