धार्मिक अगुवाका लागी मानवअधिकार लैङ्गिक सचेतिकरण तालिम 

धार्मिक अगुवाका लागी मानव अधिकार तथा लैङ्गिक सचेतिकरण विषयक सम्बन्धी दुई दिने तालिम अछामको पञ्चदेवल विनायक नगरपालिकामा सुरु गरिएको छ ।  हानिकारक परम्परा न्यूनीकरण गर्नका लागी धार्मिक अगुवाको भूमिका अग्रणी हुने भएकाले मानव अधिकार र लैङ्गिक सचेतिकरणको जानकारी दिन आबश्यक रहेकाले तालिमको आयोजना गरिएको निरन नेपालका कार्यक्रम अधिकृत डिलबहादुर सिंहले बताए ।
बाल विवाह, छाउपडी, महिला हिंसा, दाइजो प्रथा न्यूनीकरण गर्नका लागी काम गर्दै आएको संस्थाले विभिन्न धर्मका अगुवाको सञ्जाल गठन गरी निरन नेपालले काम गर्दै आएको छ । लैङ्गिक हिंसा विरुद्ध राष्ट्रिय अन्तर धार्मिक सञ्जाल नेपालको आयोजना गरिएको तालिममा पञ्चदेवल विनायक नगरपालिकाका धार्मिक अगुवाको सहभागिता रहेको छ ।
Sayalb
सरकारले जारी गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी मापदण्ड पालना गर्दै सुरु भएको तालिम भोलि सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
Shaileshwori
Loading...