बाल विवाह गर्नेका लागी ज्योतिष नै मोबाइल भयो : धार्मिक अगुवा  

अछाम : ‘आजकाल १५/१६ वर्षका केटाकेटीले उपाध्याय बाहुन ‘जोतिस’को काम मोबाइललाई बनाएको छ, न आमा वा लाई थाहा छ न समाजलाई भागेर धमाधम विवाह भइराख्या छ ।’ यो भनाई पञ्चदेवल विनायक नगरपालिका वडा नं। २  काला शिला मस्टा देवताका धामी शेरबहादुर धामी को हो ।
पुरानो कुरा सम्झिँदै भन्छन् बर वधूको ग्रहदशा र कुण्डली हेरेर विवाह गर्न मिल्ने नमिल्ने कुरा जोतिसले टुङ्गो लगाउँथे तर अहिले मोबाइलमा कुरा गरेको भरमा विवाह हुन्छ । उनले थप्दै भने ‘उहिले विवाहका लागी चिठा, जन्म कुण्डली, राशि चाहिन्थ्यो र बाहुन पनि तर आजकाल सिम कार्ड र मोबाइल भए विवाह भई हाल्छ ।’ दुलहा दुलहीलाई जुराएर मात्रै विवाह गर्ने चलन बिस्तारै हराउँदै गएको पञ्चदेवल नपा १ का पुजारी देवानन्द ढकालले बताए । उनले भने ‘अहिले भगाएर ल्याएर घर पुर्‍आए पछि पूजापाठका लागी मात्रै ब्राह्मणलाई बोलाउने गरिन्छ, जुराएर विवाह गर्ने अत्यन्त न्यून सङ्ख्यामा हुन्छन्, ।’

Sayalb
स्वईच्छीक रूपमा हुने प्रेम विवाहका कारण बाल विवाह समेत वृद्धि भएको छ । नेपालको कानुनले विवाह गर्नका लागी २० वर्षको  उमेर हद लगाएको भए पनि भागेर विवाह गर्नेको सङ्ख्या ठुलो छ। सामाजिक बेबहारका कारण बाल विवाह गर्ने क्रम बढेको बिद्यामन्दीर नमुना विद्यालयका शिक्षक नेत्रराज उपाध्यायको तर्क छ । उनले भने ‘उसै त चन्चले उमेर त्यस माथि समाजमा आफन्तहरूले नै १५/१६ वर्ष पुगेका बालबालिकालाई विवाह कहिले गर्ने, उमेर भयो, ठुली भई , विवाह गर्ने उमेर भयो भनिदिँदा उनीहरू त्यसै तर्फ झन् आकर्षित हुन्छन् र बाल विवाह गर्न पुग्छन् ।’
बाल विवाह जस्ता हानिकार परम्परा रोक्नका लागी धार्मिक अगुवाको भूमिकाका विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा विवाह गर्नमा ब्राह्मणको भन्दा मोबाइलको धेरै भूमिका रहेको धार्मिक अगुवाले बताएका छन् ।
बाल विवाह नै लैङ्गिक हिंसाको मुख्य जड भएको अधिकारकर्मी राधा आचार्यले बताइन् । उनले भनिन् ‘बहु विवाह, घरेलु हिंसा, सम्बन्ध विच्छेद जस्ता थुप्रै कारणबाट महिलाहरू पीडित हुन परेको छ यसको सतहमा खोज्दै जाँदा बाल विवाह मुख्य कारण भेटिन्छ ।’
समाजमा विद्यमान हानिकारक परम्परा धार्मिक अगुवा कै संलग्नताबाट परिवर्तन गर्ने उद्देश्यका साथ काम गर्ने आएको महिला हिंसा विरुद्ध राष्ट्रिय अन्तर धार्मिक सञ्जाल (निरन नेपाल)ले  काम गर्दै आएको छ ।  सामाजिक सक्रियता बिना कानुनका कारणले मात्रै हानिकारक परम्परा अत्यन्त गर्न सम्भव नरहेको निरन नेपालका कार्यक्रम अधिकृत डिलबहादुर सिंहले बताए । उनले भने ‘कानुनले दण्डित भनेका कुरा समाजले स्वीकार गरिरहेको छ, जब गलत अभ्यास त्याग्नका लागी समाज सक्रिय हुँदैनन् तब सम्म यस्ता परम्पराले निरन्तरता पाई रहन्छन् ।’
Shaileshwori
Loading...