शुक्रवार डोटीका २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

डोटी : पछिल्लो समय डोटी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ । शुक्रवार २८ जनामा कोरोना देखिएको छ । यो सँगै जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । पछिल्लो २४ घण्टामा एक सय १४ नमुनाको एन्टिजेन परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख डिल्ली रमण जोशीले जानकारी दिए ।
जोशीका अनुसार जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ११ पुगेको छ । सक्रिय कोरोना सङ्क्रमित मध्ये एक जना अस्पतालमा उपचाररत छन् भने बाँकी सबै होम आइसोलेसनमा रहेका छन् । हिजो डोटीमा ३१ जनामा कोरोना देखिएको थियो ।

डोटीमा ६३ हजार ६ सय ६५ जनाले कोरोना भाइरस विरुद्धको खोपको पुर्ण मात्रा लगाएका छन् भने ९२ हजार दुई सय ५३ जनाले पहिलो मात्राको खोप लगाएका छन् ।
