इन्जिनियरिङ कलेज निर्माणको लागि दिपायल सिलगढी नगरपालिकाले जग्गा दियो

तेजु ओली, डोटी
दिपायल सिलगढी नगरपालिकाले इन्जिनियरिङ कलेजका लागि जग्गा खरिद गरेर डोटी बहुमुखी क्याम्पस डोटीलाई हस्तान्तरण गरेको छ। आइतवार एक औपचारिक कार्यक्रमका बिच नगर प्रमुख मञ्जु मलासीले क्याम्पस प्रमुख दिलानन्द जोशीलाई हस्तान्तरण गरेकी हुन् । नगर पालिकाले एक सय २० रोपनी जमिन खरिद गरेर खप्तड इन्जिनियरिङ कलेजको नाममा लालपुर्जा बनाइ हस्तान्तरण गरेको हो । ६ वर्षदेखिको योजनाले खासै गति लिन नसकिरहे बेला नगरपालिकाले जग्गा उपलब्ध गराएपछि स्थानीय उत्साही बनेका छन् ।

Sayalb

प्रत्येक प्रदेशमा आङ्गिक इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने सरकारको नीति अनुसार डोटीलाई २०७२ सालमै छनोट गरिएको थियो । डोटी छनोट हुनु डोटी बासीको लागि खुसीको कुरा भएका बताउँदै त्यसको लागि बाटो बिजुली खाने पानी लगायतका पूर्वाधार नगरपालिकाले गर्ने प्रतिबद्धता नगर प्रमुख मञ्जु मलासीले गरिन् । सम्भाव्यता अध्ययनपछि पनि जग्गा नपाइएका कारण क्याम्पस स्थापनाको योजना सफल हुन सकेको थिएन । डोटीमा खप्तड इन्जिनियरिङ क्याम्पस खोल्ने निर्णय भई सकको छ ।

डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशीले क्याम्पसको नाममा पुर्जा बनिसकेकाले गुरुयोजनाको काम सुरु गर्ने बताए । जोशीलाई इन्जिनियरिङ क्याम्पस खोल्न स्थानीय सम्पर्क व्यक्तिसमेत तोकिएको छ । चाडै सरोकारवालालाई काठमाडौँ लगेर काम सुरु गर्ने उनले बताए । आज नगर पालिकाको कार्यालयमा राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थित रहेको थियो ।

Shaileshwori
Loading...