बोगटानका जनताले देख्न, छुन र महसुस गर्ने गरी विकास भएको छ : दशौँ गाउँ सभा 

बोगटान फुड्सिल गाउँपालिकामा जनताले देख्न, छुन र महसुस गर्ने गरी विकास गरेको १०औँ गाउँ सभाले निकश्र्ष निकालेको छ । पूर्वाधार विकासका क्षेत्रमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात, स्वास्थ्य  खाने पानी, सडकका क्षेत्रमा गाउँपालिकाले उल्लेख्य रुपमा विकास गरिएको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनु भएको छ ।
१०औँ गाउँ सभालाई सम्बोधन गर्दै अध्यक्ष कमलबहादुर गड्सिलाले भने  ‘हामी स्थानीय तहका पहिला जनप्रतिनिधि हौँ, हामीले जनताको चाहाना र आवश्यकता अनुसार विकास गरेका छौँ, हामी जनताका बिचमा परेका प्रतिबद्धताहरू पुरा गरेका छौँ ।’
पाँच वर्षको अवधिमा बोगटान विकासको खाका तयार भएको अध्यक्ष  गड्सिलाले बताए । उनले भने ‘प्रारम्भिक विकासको खाका तयार भयो, अब यसलाई स्तर उन्नति गर्ने, कृषि, शिक्षा र रोजगारी सृजना गर्ने काम हुनेछ ।’
Sayalb
दुर्गम क्षेत्रको पहिचान बनाएका यो पालिका अबका केही वर्ष भित्र सुगम गाउँपालिकाको स्थानमा पुग्ने गरी विकासको सुत्राधार गरिएको  गाउँपालिकाका उपाध्यक्ष भवगती बमले बताईन् । बहुप्रतिक्षित बोगटान सडक जोडिनुका साथै कालोपत्रे हुन, पालिकाका मूख्यगाउँहरुमा सडक बिस्तार, दुर्गममा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना  गरिएको उपाध्यक्ष बमले बताउनु भयो ।
१०औँ गाउँ सभाले अल्या बजेट, बजेट  तथा कार्यक्रम शुंसोधन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८, ऊर्जा सम्बन्धी नीति पास गरेको छ ।
आज बसेको कार्यपालिकाको बैठकले बाल अधिकार संरक्षण तथा सम्बद्र्धन सम्बन्धी कार्य सञ्चालन कार्यविधि २०७८, अर्थ तथा सार्वजनिक लेखा समिति कार्य सञ्चालन कार्यविधि २०७८, विधायन समिति कार्य सञ्चालन कार्यविधि २०७८, सुशासन तथा विकास समिति कार्य सञ्चालन कार्यविधि २०७८, विषयगत समितिहरू कार्य सञ्चालन कार्यविधि २०७८, बजेट तथा कार्यक्रम तर्जुमा समिति कार्य सञ्चालन कार्यविधि २०७८, स्थानीय तहको राजश्व पमार्श समितिको कार्य सञ्चालन कार्यविधि २०७८ समेत पास परेको छ ।
Shaileshwori
Loading...