बोगटान फुड्सिल गाउँपालिकाका सहजकर्तालाई १५ हजार पारिश्रमिक दिने निर्णय

डोटी : बोगटान फुड्सिल गाउँपालिकाको १०औँ गाउँ सभाले बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीको सेवा सुुबिधा थप गर्ने निर्णय गरेको छ । बाल विकास सहजकर्ता नेपाल सरकारले तोके अनुसार १५ हजार र विद्यालय कर्मचारी कार्यालय सहायक १८ हजार पाँच सय र कार्यालय सहयोगीको माध्यमिक र निमाविमा कार्यरतलाई १४ हजार पाँच सय, प्राथमिकलाई १३ हजार दिने निर्णय गरेको छ ।

सङ्घीय सरकारले बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीलाई स्थानीय तहबाट पारिश्रमिक थप्ने गरी घोषणा गरेकोमा बोगटान फुड्सिल गाउँपालिकाले पारिश्रमिक थप्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख खेमबहादुर साउँदले जानकारी दिनु भएको छ । गाउँपालिका भित्रका बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीले पालिकाबाट रकम थप गर्नु पर्ने माग गदैै आएका थिए । कर्मचारीको मागलाई आंशिक वा पुणर् रुपमा सम्बोधन गर्ने आसवासन दिएको थियो । ३३ जना बाल विकास सहजकर्ता र ५० विद्यालय कर्मचारीहरू यो निर्माणबाट लाभान्वित हुने भएका छन् ।
